ट्रम्पले रोके युक्रेनलाई दिइने सैन्य सहायता


अमेरिकाले युक्रेनलाई दिइने सैन्य सहायता रोकेको छ । ह्वाइट हाउसले युक्रेनलाई दिइने सैन्य सहायता रोकेको घोषणा गरेको हो ।

यो समाचार सबैभन्दा पहिले अमेरिकी मिडिया ब्लुमबर्गले दिएको हो । अमेरिकाले हाल युक्रेनलाई दिइएको सैन्य सहायता रोक्दै केही सर्तहरू पनि राखेको छ ।

ब्लुमबर्गको रिपोर्टमा भनिएको छ- ‘जबसम्म युक्रेनका नेताहरूले शान्तिका लागि सद्भावनापूर्ण प्रतिबद्धता प्रदर्शन गर्दैनन्, तबसम्म अमेरका युक्रेनमा दिइँदै आएको सबै सैन्य सहायता रोक्नेछ ।’

यद्यपि, ब्लुमबर्गको यो रिपोर्टबाट अमेरिकी रक्षा विभागले कुनै प्रतिक्रिया भने दिइसकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा कुनै प्रतिक्रिया दिइनसकेको बीबीसीले जनाएको छ ।

ब्लुमबर्गको रिपोर्टमा भने युक्रेन पुगिनसकेका अमेरिकी सैन्य सहायताका सामग्रीहरू रोकिने उल्लेख छ । जसअनुसार युक्रेनका लागि भनेर पठाइएका सहायता सामग्रीहरू जो पोल्यान्ड पुगेका छन्, ती पनि रोकिनेछन् ।

प्रकाशित : 4 March 2025 1:19 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !