अदालतमै किन रोइन् अभिनेत्री रान्या ?


सुन तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेकी कन्नड फिल्म अभिनेत्री तथा डीजीपीकी छोरी रान्या रावलाई बेंगलुरुको विशेष अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।

सोमवार सुनुवाइका लागि उपस्थित हुँदा रान्या अदालतमै रोइन् । रान्याले अदालतसमक्ष राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) का अधिकारीले मानसिक यातना दिइरहेको गुनासो गरिन् ।

अधिकारीहरूले शारीरिक रूपमा नभई मौखिक रूपमा दुर्व्यवहार गरिरहेको उनले बताइन् ।जसका कारण आफू स्तब्ध भएको र भावनात्मक रूपमा चकनाचुर भएको दुखेसो रान्याले गरिन् ।

इन्डिया टुडेको रिपोर्टअनुसार रान्याले डीआरआई अधिकारीहरूको प्रश्नको जवाफ दिन बन्द गरेपछि आफूलाई दुर्व्यवहार गर्न थालेको बताएकी छन् ।

एक वरिष्ठ डीजीपी दर्जाका आईपीएस अधिकारीकी सौतेनी छोरी हर्षवर्धनी रान्या उर्फ ​​रान्या रावलाई एक हप्ताअघि १४.५६ करोड रुपैयाँको सुनसहित बेंगलुरु विमानस्थलबाट पक्राउ गरिएको थियो ।

उनी दुबईबाट आएकी थिइन् । अब अदालतले उनलाई मार्च २४ सम्मका लागि न्यायिक हिरासतमा पठाएको छ ।

प्रकाशित : 10 March 2025 10:04 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !