एसईई परीक्षा अवधिभर कन्सर्ट नगर्ने गायक दुर्गेशको घोषणा


काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कन्सर्ट नगर्ने घोषणा गरेका छन् ।

दुर्गेशले बुधबार विज्ञप्तिमा जारी गरेर यस्तो घोषणा गरेका हुन् । कन्सर्टमा सहभागी हुँदा एसईई परीक्षा दिने दर्शकको ध्यान भंग हुने भन्दै कन्सर्ट घोषणा नगर्ने दुर्गेशको भनाई छ ।

उनले विज्ञप्तीमा भनेका छन्, ‘परीक्षा हाम्रो जीवनको महत्वपूर्ण घडी हो । केवल मनोरञ्जनमा मात्र होईन उज्ज्वल भविष्यका लागि पनि म सधैं हजुरहरुकै साथमा हुनेछु ।‘ यदि म कार्यक्रम गर्दै हिँडेँ भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ ।’

हेर्नुहोस् विज्ञप्ती –

प्रकाशित : २०८१ चैत्र ६, बुधबार १४:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ