समाज विकासका लागि शिक्षा जोड दिनुपर्छ : मन्त्री यादब


सिरहा, १९ कार्तिक । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबले समाजको विकासका लागि शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

सोमवार सिरहाको बरियारपट्टी गाउँपालिका ३ जानकी नगरमा आयोजित नेपाल अमात समाज कल्याण समिति जागरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादबले यस्तो बताएका हुन् । शिक्षाको मुल आधार शिक्षा भएको बताए ।

उनले भने, ‘शिक्षित देश विकसित छ । शिक्षित समाज पनि विकसित छ । त्यसैले शिक्षामा जोड दिनुपर्छ ।’ उनले राष्ट्रिय जनगणनामा पहाड र मधेसमा भएका जातीको टाइटल एकै खालको भएकोले अबको जनगणना हुँदा कोष्टमा मधेसी लेखाउनु पर्ने सुझाव दिए ।

कार्यक्रममा भारत सरकारका मन्त्री लक्ष्मेश्वर राय अमातको समेत सहभागी थिए । उनले समेत शिक्षामा पछि परेकै कारण अमात समुदाय पछाडी परेको भन्दै शिक्षा आर्जनमा जोड दिनुपर्ने बताएका थिए ।

प्रकाशित : २०७६ कार्तिक १९, मंगलवार ०२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ