चर्चित शो ‘बिग बोस’ र ‘खतरों के खिलाडी’ अब सोनी टिभीमा आउने


चर्चित टिभी रियालिटी शो ‘बिग बोस’ र ‘खतरों के खिलाडी’ अब कलर्स च्यानलको ठाउँमा सोनी टिभीमा प्रसारण हुने भएको छ।

यो निर्णय मेकर्सले क्रिएटिभ फरकपनको कारण लिएका हुन् । दुवै शो बानीजे एशिया (एन्डमोल शाइन इन्डिया)ले निर्माण गरिरहेको थियो । जोसँग ग्लोबल प्रोडक्सन राइट्स छ ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार केही समयदेखि कलर्स (वायकम १८) र एन्डमोल शाइन इन्डियाबीच मतभेद चलिरहेको थियो । च्यानलले लगातार शो फर्माटमा हस्तक्षेप गरिरहेको थियो। त्यसैले च्यानल परिवर्तन गरिएको हो ।

लामो समयदेखि रियालिटी शो ‘खतरों के खिलाडी’ बन्द गरिएको थियो । किनकी बानीजे एशिया (एन्डमोल शाइन)ले यस शोलाई निर्माण गर्न अस्वीकार गरेको थियो ।

यस्तै ‘बिग बोस’ पनि बन्द गरिने भनिएको थियो । अब च्यानल फेरिएर प्रसारणमा आउने बताइएको छ ।

प्रकाशित : २०८२ बैशाख ९, मंगलवार १७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ