इजरायली सेनाद्धारा इरानका ६ विमानस्थलमा आक्रमण !


काठमाडौं । इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ।

इजरायली सेनालाई उद्धृत गर्दै यी आक्रमणमा १५ वटा विमान नष्ट गरिएको दाबी गरेको उल्लेख गरेको छ । आक्रमणबाट केही विमानस्थलका रनवेहरूमा क्षति पुर्‍याइएको छ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा यी आक्रमणहरू इरानको पश्चिमी, पूर्वी र केन्द्रीय क्षेत्रमा रहेका विमानस्थलहरूमा गरिएको थियो ।

इजरायली सेनाले यसबाट रनवे र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको जिकिर गरेको छ ।

आईडीएफका अनुसार, ती हवाई आक्रमणमा एफ–१५ र एफ–५ लडाकु विमान, इन्धन भर्ने विमान र एएच–१ कोब्रा आक्रमण हेलिकप्टरहरू पनि ध्वस्त पारिएका छन् ।

इरानले हालसम्म यी आक्रमणहरूको पुष्टि गरेको छैन ।

प्रकाशित : २०८२ असार ९, सोमबार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ