पहाडमा संगठन बनाउँदै सिके राउत


काठमाडौं, ९ भदौं । स्वतन्त्र मधेशको राजनीति त्यागेर मूलधारको राजनीतिमा लागेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पहाडमा संगठन बनाउने अभियानमा जुटेका छन् ।

गत फागुनमा सरकारसँग सम्झौता गरी आफ्नो पार्टीलाई मूलधारमा ल्याने प्रतिवद्धता गरेका राउतले निर्वाचन आयोगमा समेत दल दर्ता गरिसकेका छन् । दल दर्ता सँगै संगठन विस्तारमा लागेका राउतले ६ प्रदेशमा पार्टी विस्तार गरिसकेका छन् । जनमत पार्टीले प्रदेश १, २ र ३ बाहेकको संगठन पूर्णरुपमा पहाडतीर केन्द्रीत गरेको छ ।

पार्टीका एक पदाधिकारीका अनुसार प्रदेश ७ मा मात्रै जनमत पार्टीको संगठन विस्तार हुन बाँकी छ । समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

प्रकाशित : २०७६ भाद्र ९, सोमबार ०१:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ