मोदीले पुटिनलाई दिए गीता उपहार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिन्दु धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन् ।

मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्- राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको एकप्रति दिएको छु । गीताको शिक्षाले संसारभरका लाखौं मानिसहरूलाई प्रेरणा दिनेछ ।

पुटिन दुई दिने भारत भ्रमणका लागि बिहीबार दिल्ली पुगेका थिए । उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण भएको थियो, जहाँ मोदीले उनलाई स्वागत गरेका थिए ।

विमानस्थलमा औपचारिक स्वागत पछि मोदी र पुटिन एउटै कारमा प्रधानमन्त्रीको निवास ७ लोक कल्याण मार्गमा गए ।

युक्रेनसँगको युद्धपछि राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण हो ।

यस भ्रमणको क्रममा रूसी राष्ट्रपतिले मोदीसँग २३औँ भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिने छन् ।

प्रकाशित : २०८२ मंसिर १९, शुक्रबार ०९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ