पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय


एजेन्सी, १ पुस । देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैन्य शासक परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई इतिहासमै पहिलो पटक पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले मंगलवार मृत्युदण्डको सजाय सुनाएको हो । मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ हाल दुबईमा छन् ।

३ नोभेम्बर २०७ मा संकटकालीन स्थितिका लागि मुसर्रफमाथि डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो । त्यसपछि मुसर्रफलाई सन् २०१४ मार्च ३१ मा दोषी ठहर गरिएको थियो ।

प्रकाशित : २०७६ पुष १, मंगलवार ०७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ