Breaking- नेकपासँग सहकार्य तोड्दै राजपा, अचानक बस्यो बैठक


काठमाडौं, ४ माघ । राष्ट्रिय जनता पार्टी (राजपा)ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँगको सहकार्य तोड्ने तयारी गरेको छ ।

माघ ९ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा हारको सम्भावना देखेपछि नेपाल कम्युनिष्ट पार्टीसँगको सहकार्य र गठ्बन्धन तोड्ने तयारीमा राजपा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार शुक्रबार राजपा अध्यक्ष मण्डलका सदस्यहरु र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग भेटेर सरकारमा सहभागी गराउन अनुरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले ९ गतेपछि मात्रै केही गरौँला भनेपछि राजपाले गठबन्धन तोड्नका लागि शनिबार आकस्मिक बैठक गरिरहेको जनता समाचारले जनाएको छ ।

प्रकाशित : २०७६ माघ ४, शनिबार १६:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ