राष्ट्रियसभा निर्वाचन : राजपाका सिंहको उम्मेदवारी खारेज गर्न उजुरी दर्ता


जनकपुरधाम, ६ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) बाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदबारी दिएका शेखर सिंहको उम्मेदबारी खारेजीको माग गरिएको छ ।

सिंहले अल्पसंख्यक समूहबाट उम्मेदबारी दिएका छन् । सोही समूहबाट उम्मेदबारी दिएका कांग्रेसका उम्मेदबार भोला पंजियारले उनको उम्मेदबारी खारेजीको माग गरेका हुन् ।

सिंहले कुटपिट तथा अंगभंग मुद्दामा २ बर्ष कैद र जरिवाना फछ्र्याैट नगरेको दावी गर्दै पंजियारले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । निवेदनमा २०४४ साल असार ३० गते सप्तरी जिल्ला अदालतले कुटपिट तथा अंगभंग मुद्दामा सिंहबिरुद्व २ बर्ष कैदको फैसला गरेको पंजियारले निवेदनमा उल्लेख गरेका छन् ।

सो फैसला तत्कालिन सगरमाथा अंचल अदालतबाट सदर भई सर्वाेच्च अदालतको पूर्ण इजलासको २०५६ पुस १ गते पुनरावलोकनको निस्सा नहुने भई अन्तिम फैसला भएको पंजियारले निवेदनमा बताएका छन् ।

कैद भुक्तान नगरेसम्म राष्ट्रियसभा सदनको उम्मेदबार बन्ने अधिकार नभएको भन्दै पंजियारले निवेदनमा लेखेका छन्, “यस्तो व्यक्ति राष्ट्रियसभामा निर्वाचित हुँदा जनताको अपेक्षा समेत पूरा हुन सक्दैन् ।”

नेकपा–राजपाले गठबन्धन बनाएर उम्मेदबारी दिएको छ भने कांग्रेस–समाजवादीले गठबन्धन बनाएर उम्मेदबारी दिएको छ ।

प्रकाशित : २०७६ माघ ६, सोमबार २०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ