Breaking- सिरहामा ५ हजार घुससहित प्रहरी जवान पक्राउ


जयनाथ यादव/ सिरहा, ८ माघ । सिरहामा अख्तियारको टोलीले पाँच हजार घुस सहित एक प्रहरी जवानलाई पक्राउ गरेको छ । सिरहाको ईलाका प्रहरी कार्यालय सुखिपरका प्रहरी जवान राजकुमार यादवलाई ५ हजार घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले वुधवार विहान पक्राउ गरेको छ। भारतीय बजार लदनियाँबाट घरायसी प्रयोजनका सामग्रीमा सहयोग गरिने भन्दै  घुस मागेका उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७६ माघ ८, बुधबार १०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ