भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, मृत्यू हुनेको संख्या १० पुग्यो


काठमाडौं : कोरोना भाइरसको संक्रमण छिमेकी देश भारतमा पनि तीव्ररुपमा बढिरहेको छ । मंगलबार बिहानसम्म भारतमा पाँच सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँका अधिकारीका अनुसार संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

कवरोना भाइरसको उपचारपछि ४४ जना भने घर फिर्ता भएका छन् । भारतमा सबैभन्दा बढी महराष्ट्र र केरेला प्रभावित भएका छन्। महराष्ट्रमा अहिलेसम्म ९७ जना संक्रमित भेटिएका छन् भने केरेलामा ९५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै अन्ध्रा प्रदेशमा ७, विहारमा २, छत्तीसगढमा १, चन्दीगढमा ६, दिल्लीमा २९, गुजरातमा ३०, हरियाणामा २६, हिमाञ्चलमा २, जम्मु काश्मीरमा ४, कर्नाटकमा ३३, लद्दाखमा १३, मध्य प्रदेशमा ६, ओडिसामा २, पंजाबमा २३, राजस्थानमा ३२, तमिलनाडुमा १२, तेलंगानामा ३३, उत्तर प्रदेशमा ३३, उत्तराखन्डमा ५, पश्चिम बंगालमा ७ जना संक्रमित रहेका छन् ।

कोरोना भाइरस फैलिन नदिन भारतमा जनता कर्फ्यु लगाइएको छ । जसका कारण भारतमा यातायात पूर्णरुपमा प्रभावित बनेको छ ।

प्रकाशित : २०७६ चैत्र ११, मंगलवार ०८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ