बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि


बकिंघम दरबार प्रशासनले बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ। यसअघि नै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण भइसकेको छ। 


महारानीलाई अलग कक्षमा राखिएपछि बेलायतमा विभिन्न विवादास्पद समाचारहरु सार्वजनिक भएका थिए। महारानीको एकीन अवस्थाबारे जानकारी गराउन बकिंघम दरबार प्रशासनमाथि दवाव परिरहेको थियो।


अन्ततः राजदरबारले महारानी एलिजावेथमा पनि कोरोना संक्रमण देखिएको जानकारी गराएको इन्डिपेन्डेन्टमा उल्लेख छ। उनमा कोरोनाका सामान्य लक्षणहरु देखिन शुरु भएको, तर स्वास्थ्यअवस्था भने स्थिर नै रहेको अधिकारीहरुले दावी गरेका छन्। 
त मार्च ११ का दिन प्रधानमन्त्री जोन्सनसँग महारानी एलिजावेथको प्रत्यक्ष कुराकानी भएको थियो।

प्रकाशित : २०७६ चैत्र १६, आईतवार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ