काठमाडौं, १३ भदौं । म्यानपावर कम्पनी आपसमा गाभिन थालेका छन् । सरकारले म्यानपावरको धरौटी बढाएसँगै मर्जर हुने गाभिने को सङ्ख्या बढेको छ।
म्यानपावर व्यवसायी आपसमा मर्जर भएर धरौटी बुझाउन थालेका छन्। पछिल्लो समय एक सय ४७ म्यानपावर मर्जर भएर ६७ वटा हुने प्रक्रियामा छन् अघिकंश दुई वटा म्यानपावर गाभिए पनि कतिपय पाँचवटासम्म गाभिएर एउटा म्यानपावर बनेका छन् ।
समयमा आएर व्यवसायीले मर्जर गरी धरौटी राख्न थालेकाले वैदेशिक रोजगार विभागमा केही दिनयता भीड लागेको छ । व्यवसायीको सहजताका लागि सरकारले आउँदो शनिवारसमेत सेवा दिने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले असार १७ गतेसम्म धरौटी नबुझाएका म्यानपावर खारेज हुने बताए ।
विभागका अनुसार बिहीबारसम्म तीन सय ४४ म्यानपावरले नगदसहित बैङ्क ग्यारेन्टी गरिसकेका छन् । चार सय २३ म्यानपावरले बैङ्क ग्यारेन्टी गरेका छन् । अन्य म्यानपावर आपसमा सहमति गरेर मर्जरको प्रक्रियामा छन् ।