महोत्तरी, १३ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला स्तरीय विस्तारित वैठक तथा पार्टी प्रवेश कार्यक्रम शुक्रवार उधोग वाणिज्य संघ जलेश्वरमा सम्पन्न भएको छ ।
कार्यक्रम पार्टीका अध्यक्ष सन्जय सिंहको अध्यक्षतामा र प्रदेश २ का अध्यक्ष चन्देश्वर प्रसाद यादवको प्रमुख अतिथिमा सम्पन्न भएको हो । कार्यक्रममा बलवा नगरपालिका ११ का १८ जना, जलेश्वर नगरपालिकाका १ जना र मट्टीहानी नगरपालिकाका १ गरी कूल २० जना पार्टीमा प्रवेश समेत गरेका छन ।
पार्टी प्रवेश गर्नेहरुमा राम कृत यदव, वेचन यादव, चन्देश्वर यादव, उदय राउत, खुशीलाल यादव, विकाउ मन्डल, रामवाबु यादव, रामनन्दन महतो, प्रदिप राउत, शंकर यादव, वेचन राउत लगायतका छन् । उनी अधिकांश नेकपाका कार्यकर्ता थिए ।