Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

‘राजपा-समाजवादीको एकीकरण सत्ताको खेल’

टुडे खोज लेखक टुडे खोज
भदौ १४, २०७६, ७:११ AM
0
‘राजपा-समाजवादीको एकीकरण सत्ताको खेल’

काठमाडौं, १४ भदौं । राष्ट्रिय जनता पार्टी र समाजवादीको एकीकरण सत्ताको खेल मात्रै रहेको भन्दै मधेशी अधिकारकर्मीहरुले मधेशका नेताहरुलाई खबरदार गरेका छ । राजपाका सांसद जेलमा रहेको बेला, आरक्षणको अधिकार कुण्ठित गरिएको बेला, प्राकृतिक प्रकोपले मधेश त्रस्त रहेको बेला मधेशवादी दलहरु मधेशको मुद्दा सम्बोधन गराउनुको सट्टा सत्ताको खेलमा लागेको भन्दै मधेशी अधिकारकर्मीहरुले खबरदार गरेका छन् ।

संविधान संशोधन गर्न कुनै कदम नचालेको, मधेशी शहिदहरुलाई अपमान गरेको, मधेशको अधिकार कण्ठित गर्दै आरक्षणको व्यवस्था लत्याउदै कर्मचारी भर्ना गरिरहेको सरकारमा सहभागी समाजवादी पार्टीसँग राजपाले एकीकरणको प्रयास गर्नु सत्ताको खेलबाहेक अरु केही नभएको मधेशी अधिकारकर्मीहरुले बताएका छन् ।

उनीहरुले राजपा समाजवादी एकीकरणको प्रयास चिनियाँ दवाबमा उसको निहीत स्वार्थ पुर्तिका लागि भईरहेको समेत आरोप लगाएका छन । उनीहरुले मधेशी पार्टीहरुले मधेशी महिला, दलित तथा पेशाकर्मीहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको तर उनीहरुको समस्याप्रति ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पश्चिमा संस्कृति अतिक्रमण परेको मधेशी संस्कृतिप्रति पनि पहिचानको कुरा गर्ने मधेशी पार्टीहरुले ध्यान नदिएको पनि उनीहरुले आरोप लगाएको छ । प्रदेश नं २ लाई पनि आर्थिक रुपले सशक्त तथा आत्मनिर्भर बनाउन पनि कुनै कदम नचालेको भन्दै अधिकारकर्मीहरुले समग्र नेपालको कुरा गर्ने मधेशवादी दलहरुले पश्चिम मधेशसमेत समेट्न नसकेको आरोप लगाएका छन् ।

अधिवक्ता सुनिल रञ्जन सिंह, अधिबक्ता पंकज कर्ण, पत्रकार अनन्त मेहता, कलाकार विजय यादव निर्जीव, अधिकारकर्मी आनन्द गूप्ता, दलित अधिकारकर्मी नरेन्द्र पासवान, मधेशी कर्मचारी मञ्चका उपाध्यक्ष सुजित कुमार झा, मैथिल महिला समाजका अध्यक्ष अञ्जला झा, संघियतासम्वन्धी विज्ञ डा.विनय मिश्रा, अवधि अगुवा आलोक तिवारी, सांस्कृतिक कर्मी नागेन्द्र ठाकुरलगायतका अधिकारकर्मीहरु शनिबार काठमाडौंमा भेला भई मधेशी पार्टीहरुलाई सत्ताको खेलमा नलाग्न खबरदारी गरेका छन् ।

यसअघि राजपाभित्रको राजेन्द्र महतो नेतृत्वको गुटले मन्त्री पदको लागि समाजवादी पार्टीसँग एकीकरण गर्न खोजेको समाचारहरु बाहिरिएको थियो । राजपाका ६ जना अध्यक्ष मण्डलका सदस्यहरुमध्ये राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्रराय यादवलाई उपेन्द्र यादवले चिनको समर्थनबाट मन्त्री बनाइदिने आश्वासन दिएपछि समाजवादी पार्टीसँग एकीकरणका लागि महतोले दवाब सृजना गरिरेको समाचारहरु बाहिर आएको थियो ।

अहिलेको चीनपरस्त सरकारमा राजपालाई विलय गराएर मधेशमा प्रभाव बढाउन खोजिरहेको चिनको ग्राण्ड डिजाइनको खुलासा भएपछि मधेशमा व्यापक असन्तुष्टि बढेको छ ।

सम्बन्धित समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थाल्यो : जसपा नेता मण्डल

राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थाल्यो : जसपा नेता मण्डल

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: toda[email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध