सुरेन्द्र महतो,
क्वालालम्पुर-मलेशिया, १७ भदौं । यहि सेप्टेम्बर १ तारिक आइतबारको दिन मलेशियाको राजधानी क्वालालम्पुर स्थित ” होटेल ग्रयाण्ड कन्टिनेन्टल “मा गैर आवाशिय नेपाली संघ ( NRNA) मलेशियाको छैठो अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा मलेशियाका लागि नेपाली राजदूत उदयराज पान्डे रहनु भएको थियो। साथै बिशेष अतिथि र अतिथिमा विभिन्न देशहरूबाट जस्तै अस्ट्रेलिया , जापान , लन्डन ,साउदी अरब, बेल्जियम ,अमेरिका आदि देशबाट NRNA का उच्च पदाधिकारी हरु रह्नु भएको थियो ।
यस गैर आवासिय नेपाली संघको छैठो अधिबेशनबाट श्री हरि भट्टराईको अध्यक्षतामा, वरिष्ठ उपाध्यक्ष सुन्दर आले, उपाध्यक्ष ज्ञानेन्द्र सिंह ,महिला उपाध्यक्ष शुभद्रा लिन्देल , महासचिव हेमराज सापकोटा ,सचीव रन्जित क्षेत्री , सचिब नेत्र बहादुर क्षेत्री, कोषाध्यक्ष कृष्ण नेपाल , सह-कोषाध्यक्ष राकेश प्रसाद महतो , युवा संयोजक रबिलाल अधिकारी , सदस्यहरुमा अनिल कुमार चौधरी , कृष्ण बहादुर बस्नेत , केशव कान्त झा गरि जम्मा ३३जना सदस्यीय सर्बसहमतीबाट निर्बाचित भएका छन् ।
नव निर्वाचित अध्यक्ष भट्टराईले नेपाली श्रमिकहरुले भोग्नु परेको समस्याहरुको हामी छिटोभन्दा छिटो समाधान गर्ने र यश गैर आवसिय नेपाली संघ कुनै पनि समयमा समस्त नेपाली क्ष्रमिकको लागि सहयोग गर्ने बताए ।