मारवाडी महिला संगठनको राष्ट्रिय सम्मेलन हुने


जनकपुरधाम, १८ भदौं । मारवाडी महिला मंच जनकपुरधामको तत्वावधानमा नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

देशभरीका महिला मारवाडीहरुको सहभागिता रहने महाधिवेशनको २० गते शुक्रवार उद्घाटन हुने मारवाडी मंच धनुषाकी अध्यक्ष बबिता सर्राफले बताइन् । दुई दिन सम्म चल्ने महाधिवेशनको उद्घाटन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्नेछन् ।

मारवाडी सेवा समिति जनकपुधामको परिसरमा हुन लागेको पाँचौ महाधिवेशन पहिलो पटक राजधानी बाहिर आयोजन गरिएको छ । महाधिवेशनले संगठनको नयाँ नेतृत्वको चयनपनि गर्नेछ । मारवाडी महिला संगठन समाजिक क्षेत्रमा अत्यन्त सकृय संस्था हो ।

मारवाडी महिलाहरुले विभिन्न धार्मिक र सांस्कृतिक क्षेत्रमा कार्यगर्दै आएको छ । महाधिवेशनको क्रममा विभिन्न सांस्कृतिक कार्यक्रम लगायतका कयौं कार्यक्रमहरु हुने बताइएको छ ।

प्रकाशित : २०७६ भाद्र १८, बुधबार ०२:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ