२० भदौं । भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एक ७४ वर्षीया महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । मंगयाम्मा नाम गरेकी ती महिलाले स्थानीय अहिल्या नर्र्सिङ होममा जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।
उनको पूर्वी गोदावरी जिल्लाका किसान यर्मसेट राजारावसँग ५७ वर्षअघि विवाह भएको थियो। सन्तानको चाहना पूरा गर्न मंगयाम्मा एक दशकदेखि उपचाररत रहेकी थिइन् । एक वर्ष पहिले उनले गुन्टुरका डा. सनककायला उमाशंकरलाई भेटेकी थिइन् ।
डाक्टरहरूले उनको सामान्य शल्यक्रिया गरेका थिए । यो शल्यक्रिया जनवरीमा सफल भएको थियो । उक्त शल्यक्रियापछि मंगयाम्मा गर्भवती भएकी थिइन् । डाक्टरहरुका अनुसार मंगयम्मा ७४ वर्षको उमेरमा पनि निकै फिट छिन् । उनको फिटनेसका कारण नै प्रसुतिका लागि सजिलो भएकोडाक्टरको भनाई छ ।
२ बालिकालाई जन्म दिएपछि मंगयाम्माले आफू धेरै खुसी भएको बताएकी छन् । डाक्टरका अनुसार आमा र दुवै बच्चा स्वस्थ छन् ।