इटहरीको इन्जिनियरिङ कलेज र धरानको दिल्ली पब्लिक स्कूलमा बम विस्फोट


सुनसरी, २० भदौं । सुनसरीका दुई ठाउँमा बिहीबार राति बम विष्फोट भएको छ । इटहरी उपमहानगरपालिका ९ स्थित सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बम बिष्फोट भएको हो ।

सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज पूर्वतर्फको पर्खालमा गराइएको विष्फोटबाट कलेजका झ्यालको सिसा र पर्खालमा क्षति पुगेको छ । कलेज सञ्चालक राजेश श्रेष्ठका अनुसार मध्यरातमा बम विस्फोट गराएको छ ।

त्यस्तै, दिल्ली पब्लिक स्कुलको गेटमा बम विस्फोटबाट क्षति पुगेको छ । घटनास्थल पुगेका सुनसरीका एसपी यज्ञविनोद पोखरेलले बम पड्काएर चन्दा आतंक मच्चाउने योजनाको साथ घटना गराएको हुन सक्ने बताए ।

केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीको चन्दा उठाउने नाइके भनिएका मोहन कार्कीलाइ प्रहरीले इटहरीबाट पक्राउ गरेको थियो । त्यसैको प्रतिक्रिया स्वरुप बम विष्फोट हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित : २०७६ भाद्र २०, शुक्रबार ०२:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ