Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

प्रदेश २ : नेकपाको जिल्ला कमिटीहरुको शपथ ग्रहण स्थगित

टुडे खोज लेखक टुडे खोज
भदौ २४, २०७६, १:५९ AM
0
प्रदेश २ : नेकपाको जिल्ला कमिटीहरुको शपथ ग्रहण स्थगित

जनकपुरधाम, २४ भदौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को जिल्ला कमिटीहरुको मंगलवार हुने शपथ ग्रहण स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को प्रमुख आतिथ्य र महासचिव विष्णु पौडेलेको विशिष्ट आतिथ्यमा प्रदेश २ को ६ वटा जिल्ला कमिटीको सपथग्रहण कार्यक्रम महोत्तरी जिल्लाको बर्दिवासमा राखिएको थियो ।

‘विवादित सपथग्रहणको कार्यक्रमलाई स्थगित गरेर शीर्ष नेताहरुले ठूलो दूर्घटनालाई टारेका छन्,’ नेता रामसिंह यादवले भने, ‘६ वटै जिल्लामा गंभीर विवाद रहेको र सपथग्रहण कार्यक्रम विथोल्ने तयारी भएको थियो ।’

अध्यक्ष प्रभू साह, सचिव सुमनराज प्याकुरेल, प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साहको गुटले बलजफ्ती विवादित जिल्ला कमिटीहरुलाई शपथ गराउने तयारी गरेका थिए ।

यस अघि जिल्लागत रुपमा सपथग्रहण गराउने घोषित कार्यक्रमलाई केन्द्रिय सचिवालयले स्थगित गरेको थियो । धनुषामा रक्षामन्त्री समेत रहेका महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यमा सपथग्रहणको कार्यक्रम अन्तिम समयमा रद्द भएको थियो ।

प्रदेशमा प्रभु साह लगायतका केहि नेताहरुले गुट खडा गर्न लागेको आरोप लगाउँदै संगठित सदस्य समेत नरहेका तत्कालिन नेकपा एमालेका व्यक्तिहरुलाई जिल्ला कमिटीमा राखेको र नेकपा माओवादीका दर्जन बढी जुझारु जिल्ला सदस्यहरुलाई धनुषामा मात्र हटाइएको यादवको आरोप छ ।

प्रदेश २ मा नेकपा भित्र विवाद चरमोत्कर्षमा पुगेको छ । जिल्ला कमिटीहरुको सपथग्रहण रोकिएकै कारण साहले प्रदेश अध्यक्षबाट राजिनामा दिएका थिए ।

बारा र पर्सा जिल्लामा मात्र सपथग्रहण भएको छ । तर त्यहाँ पनि व्यापक असन्तुष्टि रहेको छ । साहको गृहजिल्ला रौतहटमा समेत विवाद चर्किएको छ ।

सम्बन्धित समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध