Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

डेंगु संक्रमितका लागि मेवाको पात वरदान, यसरी गर्नुस् सेवन

टुडे खोज लेखक टुडे खोज
भदौ २४, २०७६, १०:०७ AM
0
डेंगु संक्रमितका लागि मेवाको पात वरदान, यसरी गर्नुस् सेवन

डेंगुको संक्रमित अहिले जताततै भेटिरहेका छन् । नेपालको पूर्वी तराई वैशाख अन्तिमबाट सुरु भएको डेंगुको संक्रमण फैलिनेक्रम अझै जारी छ । नियन्त्रणका अनेक उपाय आपनाउँदा पनि सफलता हात लाग्न सकेको छैन । हालसम्म डेंगु संक्रमितको संख्या ३ हजार कटिसकेको अवस्था छ भने पहाडी जिल्लाहरूमा पनि संक्रमण फैलिन थालेको छ ।

विशेषतः स्थानीयमा सचेतनाको कमी र रोगबारे ज्ञान भएका विषयमा पनि हेलचेक्य्राइँले डेंगु संक्रमण नियन्त्रणमा आउन नसकेको विशेषज्ञहरूको भनाइ छ । डेंगु लामखुट्टेका कारण फैलिने रोग हो, जो कतिपय अवस्थामा प्राणघातक बन्ने गर्छ । डेंगु भाइरसको संक्रमणमा आएपछि व्यक्तिलाई ज्वरो आउँछ र शरीरमा प्लेटलेट्सको संख्या घट्न थाल्छ । यसैले डेंगुबाट बच्नका लागि सही डाइटको सेवन गर्नु अति आवश्यक हुन्छ ।

शरीरमा प्लेटलेट्सको संंख्या घट्नाले डेंगु संक्रमित बिरामीमा रोगप्रतिरोधात्मक क्षमता ज्यादै कम हुन्छ । यसका अलावा डेंगुले पाचन क्षमतालाई पनि कमजोर बनाइदिन्छ । तसर्थ, डेंगु संक्रमितले बेस्ट डाइट प्लानको अनुसरण गर्नु आवश्यक हुन्छ । यसकारण चिकित्सकहरू डेंगु संक्रमित बिरामीलाई यस्तो आहार सेवन गर्ने सल्लाह दिन्छन्, जसलाई पचाउन सजिलो होस् र जसको सेवनले शरीरमा प्लेटलेट्सको संख्या बढोस् । डेंगुबाट यसरी पनि बच्न सकिन्छ :

मेवाको पात

मेवाको पात डेंगुका बिरामीका लागि वरदान मानिन्छ । शरीरमा तीव्र गतिमा घटिरहेको प्लेटलेट्सको संख्या बढाउन सबैभन्दा छिटो र असरदार उपचार मेवाको पातलाई मानिन्छ । डेंगुका बिरामीले मेवाको पातलाई पिसेर यसको रस पिउनुपर्छ । यसले शरीरमा सेतो रक्तकोषिकाको निर्माण हुन्छ, प्लेटलेट्स बढ्छ र रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ ।

मेवाको पात कसरी फइदाजनक ?

मेवाको पातमा काइमोपापिन र पापेन जस्ता जरुरी इन्जाइम हुन्छन् । विशेषज्ञका अनुसार यी तत्त्वले शरीरमा प्लेटलेट्सको संख्यालाई सामान्य बनाउँछन् । यसको सेवनले ब्लड क्लोटिङ समान्य रहन्छ, साथै लिभरले पनि ठिकसित काम गर्छ । यसप्रकार यसको सेवनले डेंगुका बिरामीलाई छिटो ठिक हुनमा मद्दत पुग्छ ।

कसरी र कति मात्रामा गर्ने मेवाको पातको सेवन ?

रेड लेडी नामको मेवाको पात अधिक प्रभावशाली हुन्छ । पूरा लाभका लागि जो न ज्यादा नयाँ न ज्यादा पुराना पातको प्रयोग गर्नुपर्छ । प्रयोगका लागि सबैभन्दा पहिले पातलाई सफा पानीले धुनुपर्छ । त्यसपछि काठको ओखल वा सिलौटोमा विनापानी नुन वा चिनी मिलाएर पातलाई पिस्नुपर्छ । यसरी कुटिएको पातबाट जुस निकालेर दिनको दुईपटक पिउनुपर्छ ।

विशेषज्ञका अनुसार वयस्कले दिनको दुईपटक १० एमएलका दरले यो जुस पिउनुपर्ने हुन्छ । तर, ५ देखि १२ वर्षसम्मका बालबालिकालाई भने दिनको दुईपटक २।५ एमएलका दरले मात्र दिन सकिने विशेषज्ञको भनाइ छ ।

सम्बन्धित समाचार

भोलि देशभर सार्वजनिक बिदा

राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय

मधेशका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे

मधेशका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध