विप्लवका छोरा प्रकाशसहित १७ जनालाई प्रहरीले समात्यो


काठमाडौं, २५ भदौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले समातेको छ ।

चितवन मेडिकल कलेजबाट प्रहरीले प्रकाशसहित १७ जनालाई समातेको हो । चितवन मेडिकल कलेजमा आन्दोलन गरिरहेका बेला प्रकाशसहितका १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र २५, बुधबार ०४:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ