Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बिरगंजमा बेरोजगारलाई रोजगार दिने पसल सञ्चालन

टुडे खोज लेखक टुडे खोज
भदौ २८, २०७६, ३:५७ AM
0
बिरगंजमा बेरोजगारलाई रोजगार दिने पसल सञ्चालन

वीरगंज, २८ भदाै । बिरगंजमा रोजगार दिने पसल सञ्चालनमा आएको छ । बेरोजगार व्यक्तिहरुलाई उनिहरुको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने संघ-संस्थाहरु सम्म पुर्‍याई रोजगार प्रदान गर्ने उद्देश्यले सो पसल खुलेको हो । प्रदेश नं २ का मुख्यमन्त्री श्री मोहम्मद लालबाबु राउतले औपचारिक कार्यक्रम मार्फत पसलको रिबन काटेर उद्घाटन गरे ।

उनले प्रदेश नं २ का होटेल, कल कारखाना, उधोग, अस्पताल, बिधालय लगायत अनेकौं प्रकारका ब्यापारीक संघ-संस्थाहरु खुलेको बताउँदै त्यहाँ आवश्यक पर्ने सबल र दक्ष कामदारहरुको माग यो पसलले सहज रुपमा पुर्‍याउनका लागि मद्दत गर्ने बताए ।CM_P2_1 1 तीन वर्षमा ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चितता गर्दै प्रदेश २ सरकारसँग ६ वटा रोजगारदाताले सम्झौता गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंक, नेपाल एसबीआई बैंक, रोजगार पसल, एमाजोनको सहकार्यमा जेनिस, फ्युज मसिनका साथैं मोरङ अटो वर्क्ससँग रोजगारी दिने सम्झौता गरेको समेत जानकारी गराए । प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्न प्रदेश सरकारको योजनाअनुरूप पहिलोचरणमा प्रदेश सरकार, डिफिड र सेवा प्रदायक विभिन्न ६ वटा संस्थाले बेरोजगार युवाहरूलाई सिप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने सम्झौता भएको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

यो कार्यक्रम प्रदेशमा रहेका बेरोजगार युवा तथा वैदेशिक रोजगारीमा जाने युवा तथा गरिब, दलित, महिलालाई लक्षित गरी सञ्चालन गरिने मुख्यमन्त्री राउतले बताए । मुख्यमन्त्री राउतले एक वर्षको प्रयासपछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एककदम अगाडि बढेको बताए । रोजगारदाता संस्थालाई प्रदेश सरकारले आवश्यक जुनसुकै सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री राउतले रोजगारदातालाई आवश्यक ऐन कानुन लगायतका अन्य सुविधा उपलब्ध गराउन प्रदेश सरकार सदैव तत्पर रहने प्रतिबद्धता जनाए । रोजगार पसलका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरीले यो पसलले रोजगारदाता संघ-संस्था र रोजगार गर्न चाहानेको लागि एउटा पुलको काम गर्ने बताए । ‘हामीले रोजगारदाता संघ संस्थाले गरेको माग अनुसारका दक्ष र सबल कामदारहरु उत्पादन गरेर पठाउछौ’ उनले भने । बिदेशमा गएर पसिना बगाउनु भन्दा सीप सिकेर सीप अनुसारको जागिर नेपालमै गरि आय आर्जन गर्न सकिने उनको भनाई थियो ।

सन २०१२ मा स्थापना भइ देशका काठमाडौ, ईटहरी तथा पोखरा जस्ता सहरबाट पसलले यो सेवा प्रदान गरि रहेको बिजनेस म्यानेजर सन्जीव निरौलाले बताए । हाल सम्म देशैभरीबाट १ लाख ५० हजार बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उनले बताए । उनका अनुसार पसलमा हाल ५ हजार बढी रोजगारदाता संघ संस्थाले आवद्धता जनाएका छन ।

करीव ८ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीहरुमा पसल मार्फत रोजगारी गरिरहेको उनको भनाई छ । रोजगार पसल शाखा बिरगंज ले प्रदेश नं २ का बेरोजगार व्यक्तिले शाखा बिरगंज कार्यालयमा आई आफ्नो आवेदन निशुल्क रुपमा दर्ता गर्न सक्ने साथै आफनो सीप अनुसारको जागिर प्राप्त गर्नको लागि सक्दो प्राबिधिक सहयोग गर्ने परियोजना प्रमुख मनोज कुमार सुनुवारले बताए । सीप नेपालको प्राबिधिक सहकार्यमा बिरगंज शाखा संचालनमा आएको कुरा सीप कार्यक्रमका क्षेत्रीय प्रमुख मोहम्मद साबीरले बताए ।

सम्बन्धित समाचार

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

उपराष्ट्रपति उम्मेदवार ममता झा भन्छिन्– गठबन्धनको साझा उम्मेदवार रामसहाय होइनन्

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

सप्तरीकी मञ्जु अन्सारीलाई संघीय साँसद बनाउँदै जसपा

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध