Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद | कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

नेकपा शपथ ग्रहणमा तोडफोड प्रकरण : माधव र मातृकासतिका नेतामाथि कारबाहीको माग

टुडे खोज लेखक टुडे खोज
भदौ २८, २०७६, ४:२९ PM
0
नेकपा शपथ ग्रहणमा तोडफोड प्रकरण : माधव र मातृकासतिका नेतामाथि कारबाहीको माग

सिरहा, २८ भदौं । नेकपा प्रदेश २ ले वरिष्ठ नेता माधवकुमार नेपालसहित केही नेताहरुलाई कारबाहीको माग गरेको छ । जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा तोडफोड गराएको भन्दै नेकपा प्रदेश कार्यालयले नेपालसहितका नेताहरुलाई कारवाहीको माग गरेका हुन् ।

भाद्र २४ गते बर्दिबासमा ६ वटा जिल्लाको सपथ ग्रहण गराउने तयारी थियो । बर्दिबास सेवा समितिको हलमा हुन लागेको कार्यक्रममा तोडफोड तथा प्रदेश अध्यक्ष प्रभु साह एवम सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास भएको थियो ।

त्यस लगत्तै प्रदेश कार्यालयको बैठकले उक्त घटना नेता नेपाल तथा स्थायी कमिटी सदस्य मातृका यादवको निर्देशनमा भएको निचोड निकाल्दै नेताद्वयमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गरेको छ । बैठकले दुई नेतामाथि कारवाहीको माग गर्दै निर्णय गरिएको बैठमा सहभागी एक जना प्रदेश पदाधिकारीले भने ।

“पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनमा सपथ ग्रहण कार्यक्रम राखिएको थियो । विवाद केही होइन, केन्द्रमा भएको असन्तुष्टि तल्लो तहमा पोख्न उहाँहरुले सपथ ग्रहण नै भाँड्न खोज्नुभयो । नाराबाजी भैरहँदा अध्यक्ष प्रभु साहले वार्ता गरौं आवश्यक परे रोक्न पनि सकिन्छ भनिरहँदा पनि आपराधिक रुपमा जुन व्यवहार देखियो त्यो निन्दनीय छ,” उनले थपे, “पछि घटनाबारे सूक्ष्म रुपमा बुझ्दा पार्टी वरिष्ठ नेता माधव नेपाल तथा मातृका यादवको निर्देशनमा उक्त कार्य भएको हुनाले पार्टी नेतृत्वले दुबै जना नेतामाथि छानबिन गरि आवश्यक कारवाहीको माग गर्दै लिखित निर्णय नै गरेका हौँ ।”

सपथ ग्रहण कार्यक्रम भाँड्ने प्रयासस्वरुप भएको तोडफोडको नेतृत्व गरेको आरोप नवनियुक्त प्रदेश सह(इन्चार्ज महेन्द्र पासवानमाथि प्रदेश कार्यालयको बैठकले लगाएको छ । बैठकले उनलाई केन्द्रीय कमिटीबाट निष्कासन गर्न प्रदेश कार्यालयको माग छ । प्रदेश कार्यालय बैठक बोलाउँदासमेत नआएको, कुनै जानकारी नगराएको र पार्टीविरुद्धको गतिविधि गरेको निष्कर्ष प्रदेश कार्यालयले निकालेको स्रोतको दाबी छ ।

आक्रमणमा संलग्न अर्का केन्द्रीय सदस्य जगत यादवलाई पनि केन्द्रीय कमिटीबाट निकाल्न माग बैठकले गरेको छ । त्यस्तै आक्रमणमा संलग्न गंगा पासवान र फुलगेन नायकलाई प्रदेश कमिटीबाट निष्कासन गर्न र पूर्वमन्त्रीसमेत रहेका उमेश यादवको पार्टीको साधारण सदस्यता खारेज गर्न माग गर्दै बैठकमा निर्णय भएको श्रोतको दाबी छ ।

– खबरहब


सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध