काठमाडौं, २९ भदौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई यात्रुले नेपालगञ्ज विमानस्थलमा घेराउ गरेका छन् ।
मन्त्रीकै कारण विमानको उडान एक घण्टा ढिलो भएको भन्दै उनीहरुले मन्त्री भट्टराईलाई घेराउ गर्दै आक्रोश पोखे । उनीहरुले मन्त्रीसँग तत्काल स्पष्टिकरण समेत मागेका थिए । विमानस्थलमा मन्त्रीमाथि गरिएको विरोधको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियमा यात्रुले मन्त्रीको चर्को विरोध गरेका छन् । मन्त्रीले भने यस विषयमा भिडियोमा केही नबोले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो कारणले यात्रुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् ।