देशका अधिकांश भागमा राति पानी पर्ने !


काठमाडौं, ४ भदौं । आज बिहानैदेखि मौसम सफा छ । तर, रातिको समयमा भने देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले आज (शनिबार) रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा पानी पार्ने बादलसहितको हावा आउने भन्दै श्रेष्ठले त्यही हावाले नेपालमा पानी पर्ने गरेको बताए । तर गएको बुधबार र बिहीबारको जस्तो लगातार वर्षा भने नहुने उनको अनुमान छ ।

अहिले बिहान भने देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली छ । अहिले कतै घाम लागेको र कतै बदली भएको मौसमविद् श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २०७६ आश्विन ४, शनिबार ०५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ