Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

लोकपर्व जितियाको व्रत आजदेखि शुरू

टुडे खोज लेखक टुडे खोज
अशोज ४, २०७६, ६:२७ AM
0
मधेसमा कठोर जितिया पर्व सुरु, को कुन जिमुतवाहन ?

जनकपुरधाम, ४ असोज । मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ ।

पण्डित गणेश झाका अनुसार आज शनिबार सूर्योदय भएदेखि शुरू भएको यो व्रत भोलि आइतबार दिउँसो ३ बजेपछि सम्पन्न हुनेछ । जितिया पर्व मैथिल संस्कृतिको पर्वमध्ये एउटा प्रमुख पर्व हो । यसलाई ‘जिमुतवाहन’ व्रत पनि भनिन्छ । सन्तानको सुख शान्ति र चिरायूका लागि यो पर्व मनाउने चलन रहेको छ । जितिया पर्व यस कारणले पनि प्रसिद्ध छ की यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ ।

विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहेछिन् भन्ने मान्यता पनि रहेको छ । भविष्य पुराणमा वर्णन गरेअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र थिए, उनीमाथि महादेवको असीम कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।

आज अष्टमीका तिथिमा व्रतार्थीले पूर्णतया निराहार बसी साँझपख जिमुतवाहन, चिल र स्याल विषयक कथा सुन्ने गर्दछिन् । कथा सुन्ने बेलामा व्रतार्थीले आफ्नो पाइतालामुनि एउटा खर राख्नुपर्ने हुन्छ । कथा समाप्त भएपछि पाइतालामुनिको खरलाई छ टुक्रा पारी तीनतीन पटक गरी शरीरको अगाडि र पछाडि फ्याँकिने गरिन्छ । यो भावले पारिवारिक जीवन सुखमय होस् भन्ने कामना बोकेको पाइन्छ ।

नवमी तिथिमा स्नानादी गरी पवित्र भई जिमुतवाहन, चिल, स्याल र दिवङ्गता महिलालाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गर्ने गरिन्छ । यसरी यो व्रतको पारण गरिन्छ । पारणका दिन अङ्कुरी (भिजाइएको केराउ) सहित पकाएको साग खाने प्रचलन रहेको छ । यसप्रकार यो व्रतले करीब तीन दिनको अवधि समेटेको हुन्छ ।

जितिया व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवता जितवाहनको आराधना गर्ने भएकाले यसलाई जीवितपुत्रीका व्रत पनि भनिन्छ । यस व्रतको पहिलो दिन सप्तमी तिथिमा नहायखाय, तेलखरी, पितराइन र ओठङ्नको विधि गर्ने चलन रहेको छ ।

जितिया पर्वमा प्रयुक्त हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौलाको पात, नैवेद्यका वस्तुहरू स्वास्थ्य र संस्कृतिका दृष्टिले महत्वपूर्ण रहेका छन् । व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एक दिन पछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान पनि गराउँछ । यस्तै ओठङ्नको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयताको बोध गराएको हुन्छ । चिल र स्याललाई नैवेद्य चढाइनुले पशुपक्षीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ ।-रासस

सम्बन्धित समाचार

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

भोलि देशभर सार्वजनिक बिदा

राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मधेशका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे

मधेशका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध