लहान, ८ असोज । लागुऔषधसहित दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ।
बुधबार बिहान इलाका प्रहरी कार्यालय झाझपट्टीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नवराजपुर गाउँपालिका वडा नं. ४ हस्पिटल चोकबाट दुई जनालाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिल राज बोहराले जानकारी दिए।
पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. १ सिंहराही बस्ने २४ वर्षिय दयाराम चौधरी र २० वर्षिय अजय चौधरी रहेको सिरहा प्रहरीले जनाएको छ। उनिहरुको साथबाट नाईट्रोभेट ५ सय ९२ चक्की बरामद गरिएकाे छ।
पक्राउ परेको दुवै जनालाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर् पतारमा ल्याई थप अनसन्धान थालेको प्रहरी नायव उपरीक्षक बोहराले बताए।