काठमाडौं, १३ असोज । अख्तियारको टोलीले घुससहित प्रहरी नायब निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय मंगलापुर, रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसी छन् ।
अख्तियार बुटवलको टोलीले उनलाई १५ हजार रुपैयाँ घुससहित सोमबार पक्राउ गरेको जनाएको छ । बिमा सिफारिस बहानामा सेवाग्राहीसँग घुस लिँदालिँदै उनी पक्राउ परेका हुन् ।
पक्राउ परेका प्रहरी नायब निरीक्षक जिसीलाई बुटबल कार्यालय लगिएको छ । उनीमाथि कारबाही तथा अनुसन्धान अगाडी बढाएको अख्तियारले जनाए ।