घुससहित प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ


कपिलवस्तु, १४ भदौं । कपिलवस्तुमा घुससहित एक विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

४० हजार घुससहति शिवराज नगरपालिका ६ विशुनपुर स्थित श्री बाल ज्योति मा.वि.का प्रधानाध्यापक रविन्द्रप्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी रामकुमार लोनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले पक्राउ गरेको छ ।

प्रधानाध्यापक मौर्यले विज्ञान शिक्षक भर्ना गर्ने उद्देश्यले घुस लिएलगत्तै पक्राउ परेका हुन् । चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलमा घुस लिएपछि पक्राउ परेका दुवैजना माथि अनुसन्धान भइरहेको अख्तियारले जनाए ।

प्रकाशित : २०७६ आश्विन १४, मंगलवार ०८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ