Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सामूहिक बलात्कार आरोपमा तीन पक्राउ, दुई फरार

टुडे खोज लेखक टुडे खोज
अशोज १५, २०७६, ७:३० AM
0
बलात्कारका घटना रोक्न रणनीति तयार गरिँदै

सुनसरी, १५ असोज । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई मंगलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ। सोही घटनामा संलग्न भएका दुई फरार छन्।

पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। सोही घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। इटहरीको धरान–विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ। धरानबाट को१ख ४६२६ नंको बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।

युवाहरूको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि उनीहरु पक्राउ पर्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको र पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। गुण्डागर्दी गर्ने पाँच पक्राउसुनसरीको इटहरीमा दिउँसै गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी–८ का २० वर्षीय अनिष सुवेदी, १९ वर्षीय दोर्जे वाइबा, २० वर्षीय शिशिर बस्नेत र बोकी घिमिरे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। इटहरी उपमहानगरपालिका–९ मा रहेको सुबिसु केवल नेटवर्कको कार्यालय नजिकै वडा १० का सागर तामाङलाई खुकुरी प्रहार गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रनाउ शर्माले जानकारी दिए। पक्राउ परेकाहरूको साथबाट प्रहरीले खुकुरीसमेत बरामद गरेको छ।

सम्बन्धित समाचार

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

बारा र पर्साका सबै पेट्रोल पम्प बन्द गर्ने बिक्रेताको चेतावनी

पेट्रोलियम पदार्थको भाउ घट्यो !

युएईबाट युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने !

सरकारले बढायो रासायनिक मलको मूल्य

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध