नेपाल ४-१ले भारतसँग पराजित


काठमाडौं, २२ असोज । भुटानमा शुरु भएको महिला साफ यू १५ च्याम्पिनसिपमा नेपाली टोली भारतसँग पराजित भएको छ । नेपाली टोलीले आफ्नो पहिलो खेलमा आज भारतसँग ४–१ ले पराजित भएको छ ।

एक पक्षिय खेलको पहिलो हाफमै नेपाल २–० ले पछाडि परेको थियो । भारतका लागि सुमिता कुरमाले सात मिनेटमा पहिलो गोल गरिन् ।

अर्को गोल ३८ औं मिनेटमा लेन्डा कोम सेर्तोले गोल थपिन् । दोस्रो हाफमा पनि नेपाली टोलीमाथि भारतले दबाब बनाइ राख्यो ।

प्रियंका सुजेश पोटेकाले ५५ औं मिनेटमा भारतका लागि तेस्रो गोल गरिन् । नेपालका लागि मनमाया धामीले ६२ औं मिनेटमा गोल फर्काएकी थिइन् । तर, लेन्डा कोम सेर्तोले ६६ औं मिनेटमा अर्को गोल गर्दै भारतको गोलअन्तरलाई पुनः बढाइन् ।

एक साता चल्ने च्याम्पियनसिपमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्नेछ । अर्को खेल आयोजक भुटानसँग आसोज २६ गते खेल्नेछ ।

राउन्ड रोविन लिग पछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल असोज २८ गते हुनेछ ।

प्रकाशित : २०७६ आश्विन २२, बुधबार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ