उदयपुर, २७ असोज । नेपाली कांग्रेस उदयपुरका दुई नेतासहित आठ जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट दुई लाख नगद पनि बरामद भएको हो ।
त्रियुगा नगरपालिका ११ स्थित घरमा जुवा खेलाइरहेको सूचनाको आधारमा घरमुली वसन्तन बस्नेतसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए । पक्राउ परेका मध्ये वसन्त बस्नेत र सुमन्त कोइराला कांग्रेसका जिल्ला नेता रहेको पनि उनले बताए ।
नेता बस्नेत आफ्नो घरमा सुमनसहित ७ जना व्यक्तिसँग तास खेलिरहेका थिए । सोही समयमा प्रहरीले छापा मारेर पक्राउ गरेको बताइएको छ । जुवा खालबाट नगद १ लाख ८० हजाुर ७२० रुपैयाँ र तास ३ बुक बरामद भएको प्रहरीको भनाई छ ।
पक्राउ परेका आठै जनामाथि प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाएको छ । दशैंका बेला जताततै जुवातास खेल्ने गर्छन् । यसबर्ष प्रहरीले जुवातास रोक्न विशेष सक्रियता देखाएका छन् ।