काठमाडौं, २८ असोज। बहिर्गमित सभामुख कृष्णबहादुर महरालाई अझै ४ दिन थुनामा राखिने भएको छ । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार आरोपमा पक्राउ परेका महरालाई अनुसन्धानको लागि थप ४ दिन प्रहरी हिरासतमा राख्न लागिएको हो ।
काठमाडौं जिल्ला अदालतले मंगलबार महरालाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको हो । न्यायाधीश दीपककुमार दाहालको इजालासले महरालाई ४ दिन थुनामा राख्ने अनुमति दिइएको हो । महरालाई प्रहरीले मंगलबार अदालतमा उपथित गराएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयमा प्रारम्भिक बयान लिएलगत्तै मंगलबार महरालाई प्रहरीले म्याद थप गर्न जिल्ला अदालतमा पेश गरेको हो । महरालाई असोज १९ गते पक्राउ गरिएको हो ।