इन्टरनेट सेवा सर्वसाधारणको पहुँचबाट टाढा, १३ प्रतिशत टीएससी शुल्क बढ्दै


काठमान्डौ, २९ असोज। इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ ।

संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्को भार बढ्ने भएको छ ।

यसअघि इन्टरनेट टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विद्येयकले १३ प्रतिशतको अतिरिक्त भएर थपिदिएको छ । बुधबार बाट इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ ।

सरकारले जेठ १५ को बजेटमा पनि यसलाई निरन्तरता दिएपछि आगामी आर्थिक वर्षको सुरुबाटै अतिरिक्त शुल्क लिने भन्दै कम्पनीहरुले सेवाग्राहीलाई जानकारीसमेत गराइसकेका छन् ।–यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७६ आश्विन २९, बुधबार ०२:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ