लहान, ३० असोज । समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघ प्रदेश नम्बर २ को वरिष्ठ उपाध्यक्षमा महिला नेतृ पिंकी यादव निर्विरोध निर्वाचित भएकी छिन् ।
गोपाल सेवा सदन लाहानमा आयोजित कार्यक्रममा समाजवादी महिला फोरम र नया“ शक्ति महिला संघको समायोजन भएर महिला नेतृ यादव वरिष्ट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । कार्यक्रममा बोल्दै नेतृ यादवले नेतृत्व वर्गले महिलालाई पनि राजनीतिकसंगसंगै सामाजिक, रोजगारी जस्ता क्षेत्रमा पुरुष जतिकै सम्मानजनक समायोजन गर्नु पर्ने बताईन । उनले भनिन् महिलाको सहभागीता बिना कुनै पनि क्षेत्रको विकास सम्भव छैन् ।
महिलालाई दबाएर होईन हरेक क्षेत्रमा स्वतन्त्र रुपले सहि कार्य गर्नमा प्रोत्साहन गरी घरभित्र रहेका मलिलाहरुलाई पनि समाज र देशको सेवाको लागी बाहिर ल्याउन पर्ने आजको आवश्यकता रहेको नेतृ यादवको भनाई छ । घरभित्रै दबाएर सदियोदेखि घुङ्गघटमा रहेका महिलाहरुको विकास तथा समाजमा महिलालाई कमजोर ठानी हेप्ने दुष्टिकोणलाई बदली समाज र राष्ट्रको लागी मधेशका महिलाहरु पनि केही समयमै उदाहरणीय काम गरेर देखाउने सक्ने उनको भनाई थियो ।
आफूले महिला नेतृत्वको लागी कुनै कसर बा“की नराखी समाजवादी महिला संघलाई प्रदेश नम्बर २ मा अन्य पार्टीको महिलासंघभन्दा बलियो बनाएर देखाउने अठोट गरिन् । स्मरण रहोस् वीरगंज महानगरपालिकाको स्थानीय चुनावमा उप–प्रमुखकी उम्मेदवार पिंकी यादव छोटो समयमै राजनीतिमा सक्रिय महिलाको रुपमा उभिदै झिनो मतको अन्तरले पराजित भएकी थिईन भने आउने दिनमा कसैले पनि सो पदमा निजलाई विजय बनाउन रोक्न नसक्ने स्थिति निजले महिलाहरुको हकहितको लागी लागेको कार्यबाट देख्न सकिन्छ ।