टुडेखोज/ जनकपुरधाम : भारतमा कोरोना भाइरसबाट मृत्यू हुनेको संख्या र संक्रमित हुनेको संख्या लगातार बढ्दै गइरहेको छ ।
भारतमा कोरोनाबाट हालसम्म ७१ हजार ६ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये आईतवार मात्रै १ हजार ८ जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
यस्तै संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । पछिल्ला दुई दिन क्रमशः ८६ हजार र ९० हजार संक्रमित भेटिएकामा पछिल्लो २४ घण्टामा सर्वाधिक ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।
भारत सर्वाधिक संक्रमित हुने देशको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो नम्बरमा उक्लिएको छ । सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा आईतवारसम्म जम्मा साढे २८ हजार कोरोना संक्रमित थपिदा ३ सय ८९ जनाको मात्रै मृत्यु भएको छ ।
यसैगरी ब्राजिलमा आईतवार एकैदिन १४ हजार ६ सय ६ जना संक्रमित थपिदा ४ सय ५६ जनाको मृत्यु भएको छ । मेक्सिकोमा थप ६ हजार ३ सय जनामा संक्रमण पुष्टि हुँदा ४ सय ७५ जनाको मृत्यु भएको छ ।
यस्तै कोलम्बियामा २ सय ७५, साउथ अफ्रिकामा १ सय १०, अर्जेन्टिनामा १ सय २० र इरानमा १ सय ३९ जनाको थप मृत्यु भएको छ ।