Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

वीरगन्जबाट हिडेको कन्टेनरमा झण्डै ५० लाखको लागुऔषध !

टुडे खोज लेखक टुडे खोज
भदौ २३, २०७७, ८:४७ PM
0
वीरगन्जबाट हिडेको कन्टेनरमा झण्डै ५० लाखको लागुऔषध !

काठमाडौं : महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार बिहान भक्तपुरको सल्लाघारीबाट १२ हजार ९ सय एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गर्‍यो ।

वीरगन्जबाट आएको ना ३ ख ९८९ नम्बरको कन्टेनर चेकिङ गर्ने क्रममा प्रहरीले ४० देखि ४५ लाख रुपैयाँ बराबरको लागुऔषध बरामद गरेको हो ।

निषेधाज्ञाको समयमा नेपाल सरकारले खाद्यान्नका गाडी आवतजावत गर्नको लागि कुनै रोक लगाएको छैन । त्यसकै मौका छोपी लागुऔषध कारोबारीले खाद्यान्न बोक्ने कन्टेनरको प्रयोग गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

‘अहिले लकडाउन तथा निषेधाज्ञाको बेलामा खाद्यान्नका सामाग्रीलाई छुट दिइएको छ,’ उनले भने, ‘त्यही भएर उनीहरूले कन्टेनरमा हर्लिक्स बोके भने अगाडि आफूहरु बस्ने क्याबिनमुनि लागुऔषध लुकाएका रहेछन् ।’

प्रहरीले विशेष सूचनाका आधारमा थानकोट नाकाबाट प्रवेश गर्ने वित्तिकै उनीहरूको पिछा गर्न थालेको थियो। एसएसपी थापाका अनुसार पक्राउ परेका सिन्धुपाल्चोकका ३६ वर्षीय चालक विष्णु प्रधान र ३७ वर्षीय डम्बरबहादुर प्रधान सल्लाघारीमा बस्ने गर्थे।

सल्लाघारीमै पुगेर उनीहरूले कन्टेनर रोकेपछि प्रहरीले खोजतलासी गरेको हो । ‘खोजतलासी गर्दा क्याबिनको सिटमुनिबाट जेब्रा झोला फेला पर्यो र त्यसमा लागू औषध थियो,’ एसएसपी थापाले भने, ‘त्यसपछि उनीहरू दुबैलाई पक्राउ गरी सोधपुछ गर्‍यौं ।’

प्रहरीले उनीहरुसँग सोधपुछपछि लागुऔषधका मुख्य डिलर ३२ वर्षीय शंकर खड्कालाई बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।उनीहरूबाट प्रहरीले डाईजापाम २ हजार ९ सय ५० एम्पुल, तीन हजार एम्पुल नाईट्रोभेट, २ हजार ९ सय ५० एम्पुल प्रोमाथाजिन, १५ सय एम्पुल बुप्रिनोरफाइन र १४ सय एम्पुल नुफिन बरामद गरेको हो ।

उनीहरूबाट बरामद भएको लागुऔषध ४५ लाख बराबरको भएको एसएसपी थापाले बताए । उनीहरूले लागुऔषध बेचबिखन गर्न पार्टनरसिपमा काम गर्न थालेका थिए।

‘तीनै जना पार्टनरहरू हुन् । उनीहरूले ल्याएर कोठामा राख्ने अनि चाहिने जति बेच्ने गरेका रहेछन्’ एसएसपी थापाले भने ।

यो अपरेशनमा महानगरीय प्रहरी परिसर, भक्तपुरले पनि सहयोग गरेको थियो । अहिले पक्राउ परेका तीनै जनालाई प्रहरीले परिसरमा बुझाएको छ ।

  • सेतोपाटी

सम्बन्धित समाचार

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

नेपाली पाँच सय र हजारका नोट बन्द ?

नेपाली पाँच सय र हजारका नोट बन्द ?

पर्सा प्रहरीले छापा मारेर २२ किलो सुन बरामद गर्यो, अनुसन्धान जारी

५४ तोला सुनसहित दुई जना पक्राउ

हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो

हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो

कार्यालयमै तास खेल्दै प्रहरी !

कार्यालयमै तास खेल्दै प्रहरी !

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध