जनकपुरधाम । मधेश प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले अनुदानमा कृषि विमा गराउन किसानसंग अपिल गरेका छन् ।
नेपाल सरकारले कृषिसंग सम्बन्धित कृषि उत्पादन, पशुपंछी तथा मत्स्य पालनमा विमाका लागि ८० प्रतिशत अनुदान दिदै आएको भन्दै मन्त्री कुशवाहाले सो बमोजिम कृषि विमा गराउन प्रदेशभरका किसानसंग अपिल गरेका हुन् ।
उनले यदि एउटा भैंसी १ लाखको हो भने विमा गराउन कृषकले १ हजार १५० रुपैया मात्र तिर्नुपर्ने हिसाब देखाएका छन् । उनका अनुसार ५ प्रतिशतका दरले विमा रकम ५ हजार हुन्छ तर ८० प्रतिशत अनुदान सरकारले तिरेपछि ४ हजार कटौती गरेर तिर्नुपर्ने रकम १ हजार आउँछ । त्यसमा विमा कम्पनीको चार्ज १५० जोडेर कुल १ हजार १५० विमा शुल्क बुझाउनुपर्छ ।
मन्त्री कुशवाहाले कृषि विमा गर्ने आठै जिल्लाका कम्पनीको नाम र नम्बर समेत सार्वजनिक गर्दै विमा सम्बन्धी कुनै समस्या भए नजिकको कृषि सेवा केन्द्रमा सम्पर्क गर्न सुझाव समेत दिएका छन् ।
कृषि विमा गराउँदा कहाँ कसलाई सम्पर्क गर्ने ? हेर्नुस्
१. सप्तरी – ओरिएण्टल कम्पनी
मनोज मेहता – 9842851960
रबिन्द्र यादव – 9840494440
चन्द्र नारायण पंडित – 9841064534
२. सिरहा – जनरल ई. कम्पनी
राम कुमार साह – 9801956603
३. धनुषा – आईएमई कम्पनी
नबिन कुशवाहा – 9812007846
राम नारायण – 9804840699
रंजित – 9809603626
४. महोत्तरी – आईएमई कम्पनी
अजय साह – 9807636353
५. सर्लाही – सिद्धार्थ कम्पनी
रमेश तिमल्सिना – 9854037218
६. रौतहट – अजोड कम्पनी
प्रभु चौधरी – 9855043918
मुकेश सिंह – 9865319063
७. बारा – हिमालयन कम्पनी
श्रीराम रेगमी – 9855015720
८. पर्सा – जनरल ई. कम्पनी
आर. बि. महतो – 9802315937