प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई फिर्ता पठाउन रोक

काठमाडौं । सरकारले स्थानीय तह र प्रदेशमा समायोजन भएर गएका कर्मचारीलाई फिर्ता पठाउन रोक लगाइएको छ । स्थानीय तहले समायोजन भएर गएका कर्मचारीलाई धमाधम फिर्ता पठाउन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसमा रोक लगाएको हो ।
कर्मचारी समायोजन ऐन २०७५ बमोजिम विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भई कार्यरत केही कर्मचारीलाई कतिपय स्थानीय तहले विभिन्न बहानामा फिर्ता पठाएपछि रोक लगाउनु परेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै कार्यरत कर्मचारीलाई फिर्ता नगर्न भनेको हो । यस्तो अभ्यास कानुन प्रतिकूल रहेको मन्त्रालयले परिपत्रमार्फत जनाएको छ ।
‘प्रचलित कानुनी व्यवस्थाबमोजिम समायोजन भएका कर्मचारीलाई उक्त कानुनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्न नमिल्ने भएकाले उनीहरूलाई साबिक बमोजिम नै हाजिर गराई व्यवस्थापन गर्नु हुन गर्न मन्त्रालयले परिपत्रमार्फत भनेको हो ।
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- २. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ३. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ४. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- ५. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव
- ६. मधेसका मुख्यमन्त्रीको निर्देशन नमानेका अस्पताल संचालक साह पक्राउ