पाकिस्तानमा मुसलधारे वर्षाः ३६ जनाको मृत्यु, ४१ जना घाइते


पाकिस्तानमा फेब्रुरुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षाका कारण पाकिस्तानमा विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ । साथै ४१ जना घाइते भएका छन् ।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले मृत्यु हुनेमा २१ बालबालिका, ९ पुरुष र ६ महिला रहेका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र रहेको छ ।

जहाँ २७ व्यक्तिको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान नियन्त्रित कश्मीरमा चार जनाको मृत्यु भएको छ । कुल चार सय ६९ घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको र अनुमानित ६१ जनावरहरू मरेका छन् ।

प्रकाशित : २०८० फाल्गुन २३, बुधबार ०८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ