जयनाथ यादव,लहान । शनिवार लहान सिटी जेसीसको आयोजना एवं बर्ष २०२४ का जेसीस अध्यक्ष उमेश कुमार यादवको अध्यक्षता तथा नवराजपुर गाउँपालिका २ का वडा अध्यक्ष सुरेश कुमार यादवको प्रमुख अतिथिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
राम जानकी आधारभूत विधालय मझौरामा एक दिने निःशुल्क स्वास्थ्य शिविर लाई विधिवत रुपमा कार्यक्रम गरी शुभारम्भ गरिएको थियो ।
लहान सिटी जेसिसको आयोजनामा तथा वडा अध्यक्ष यादवको निजि लगानीमा संचालन भएको निःशुल्क स्वास्थ्य जाँच शिविरमा न्यू मनोकामना एजुकेशनल एकेडमी लहान,एल.आर.एल ल्याब लहान,फुलबारी क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रा.लि.,स्वास्तिक लघुवित संस्था लि. केन्द्रिय कार्यालय लहान,लाईफ लाईन केयर होस्पिटल एण्ड रिसर्च सेन्टर लहान र लाईन्स क्लब अफ लहान फुलबारी संस्थाहरुले सहयोग गरिएको थियो।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा विषेशज्ञ चिकित्सक वरिष्ट जेनरल फिजिशियन डा.रितेश गिरि,महिला रोग विषेशज्ञ डा.गिता यादव, जेनरल फिजिशियन खुश्बु साह,दन्तरोग विषेशज्ञ डा.सुशान्त स्वस्तन्त्र र डा.विनिता गुप्ता , संस्थापक एल.आर.एल ल्याबका डा.विजय यादव तथा विभिन्न विभागका डाक्टरहरु द्धारा विरामी लाई चेक जाँच गरिएको थियो।
स्वास्थ्य शिविरमा २१४ पुरुष र १३७ जना महिला विरामीहरुले चेक जाँच गराई सेवा लिएको थियो । जस मध्ये अधिंकास ढाढ दुखाईको समस्याले परेशान भएको पाईएको थियो । साथै स्वास्थ्य चेक जाँच गरिएको विरामीहरु लाई सोही स्थानमा आयोजकले निःशुल्क औषधी उपलब्ध गराईएको थियो ।
स्वास्थ्य शिविरमा वृद्धवृद्धा ,बालबालिका,युवा,युवतीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।वडा अध्यक्ष यादवले स्थानिय बासी लाई सहज होस भने उद्देश्यले नै हामी शिविर संचालन गरेको हो । प्राय जसो गाउँघरमा स्वास्थ्यमा सानो तिनो समस्या आउँदा ध्यान दिदैन आफैं ठिक हुन्छ भने सोच हुन्छ तर ध्यान नदिदाँ पछाडी धेरै ठुलो समस्या निम्तियाउँछ गाउँमै शिविर संचालन भएपछी नआउनै मान्छे पनी आएर चेक जाँच गराउँदा समस्या देखा परेपछी तुरन्त उपचार गराई स्वास्थ्य हुन्छ भने विश्वाश लिएको बताए।
कार्यक्रममा अतिथिका रुपमा लहान सिटी जेसीसका पुर्व अध्यक्ष राकेश झा र लाइन्स क्लब अफ लहान फुलबारीका प्रथम अध्यक्ष शंकर प्रसाद गुप्ता तथा जेसी नित्यान्नद साह,जेसी बम चन्द्र चौधरी,जेसी सन्तोष कुमार यादव, जेसी शिवान्नद चौधरी, जेसी सरोज ठाकुर, जेसी प्रदीप यादव तथा शिपला कम्पनी औषधीका यम.आर प्रविन दत्त र शिव अधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन लहान सिटी जेसीसका माहासचिव देवन लाल ठाकुरले गरिएको थियो।