लहान । एसईई परीक्षमा गोपनीयता भंग गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको बरियारपट्टी गाउँपालिका ३ स्थित रहेको जमावी बरियारपट्टी विद्यालयका ३१ वर्षीय लालबाबु यादवले मोवाइलबाट प्रश्नपत्र आउट गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी, बरियारपट्टी गाउँपालिका ५ का २० वर्षीय सन्तोष कुमार राम र २१ वर्षीय रमेश कुमार यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले परीक्ष केन्द्र बाहिरबाट मोबाइलमा प्रश्नपत्रको गोपनीयता भंग गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले मोबाईल सहित पक्राउ गरिएको जनाएको छ ।