लहान एक्सपो महोत्सव सुरु, उप-प्रधानमन्त्री महासेठ र प्रदेश स्वास्थ्य मन्त्री सिंहद्वारा समुद्घाटन


जयनाथ यादव, सिरहा । लहानस्थित पशुपति माविको फिल्डमा आजबाट ‘लहान एक्सपो महोत्सव’ सुरु भएको छ ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र मधेशका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले महोत्सवको उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा नृत्यले दर्शकलाई मनोरंजन गराइएको छ ।

जिल्ला उधोग वाणिज्य संघ लहानले समृद्धिको आधार कृषि, पर्यटन उद्योग र व्यापार मुल नाराका साथ आयोजना गरेको ‘लहान एक्स्पो महोत्सव १० दिनसम्म चल्नेछ ।

महोत्सवमा हरेक दिन सांझ विशेष सांस्कृतिक कार्यक्रम हुनेछ । वैशाख ६ गते अक्षरा सिंहको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रकाशित : 12 April 2024 4:28 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ