धर्मेन्द्र पासवान,लहान । सप्तरीको महदेवा गाउँपालिकाका चिम्टीका अग्निपीडितहरूलाई आइतबार जिल्ला उद्योग वाणिज्य संघ सिरहा, आस्था नेपाल लहान र हेल्पिङ्ग ह्यन्डस लहानले संयुक्त रूपमा राहतमा ग्यास सिलिन्डर र चुलोु वितरण गरेका छन् ।
जिल्ला उद्योग वाणिज्य संघ सिरहाको १ लाख सहयोग सहयोग र बाँकी रकमको जोहो भने आस्था नेपाल लहान र हेल्पिङ्ग ह्यन्डस टिम लहानका युवाहरूले आ-आफ्नो गोजी साथीभाईहरूको सहयोगमा ५१ अग्निपीडितहरूलाई ग्यास सिलिन्डर र चुलोु वितरण गरिएको जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकाश कुमार शारडाले जानकारी गराएका छन् ।
जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाद्वारा १ लाख बराबरको सामग्री सप्तरी महदेवा चिम्टीको अग्निपीडितलाई सहयोग गर्ने निर्णयबाट नै पारित गरेर सहयोग गरिएको अध्यक्ष सारडाले आस्था नेपाल हेल्पिङ्ग ह्यान्डस टिमका अभियानकर्ताहरू मानवसेवा अभियान लाई सहयोग र समर्थन गर्दै आर्थिक सहयोग गर्ने सहयोगीलाई धन्यवाद व्यक्त गरे ।
गत सोमबार चिम्टीु भीषण आगलागी भएपछि त्यहाँका करीब १ सय घर जलेर गाँस, बास र कपास लगायत घरका सम्पूर्ण सरसामानहरू जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको थियोे ।
टन्टलापुर घाममा अग्निपीडितहरूमध्ये गणेशी यादवले राहतमा ग्यास सिलिन्डर र चुलो पाएपछि दाताहरूलाई यस्तो विपत्तिको घडिमा भगवान कै संज्ञा दिएका छन् । पाँच दिनदेखि सामूहिक भोजमा खाना खानु परेको थियो । अब हामीले चाहिएको बेला केही-केही आफैं पनि बनाएर खान सक्छौ उनले भने ।
राहत वितरण गर्न समन्वय गरेका महदेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले खाद्यान्न सामग्रीहरू केही महिनाको लागि सहयोगी हातहरूले नै उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । उनले हाम्रो अग्निपीडितहरूलाई खाना पकाउने साधन उपलब्ध गराउने जिल्ला उद्योग वाणिज्य संघ सिरहा, आस्था नेपाल लहान र हेल्पिङ्ग ह्यन्डस लहानलाई धन्यवाद मात्रै होइन मेरो सादर प्रणाम पनि छ । उनका अनुसार अब महदेवा गाउँपालिकाले पनि २र४ दिन भित्र बासको लागि कडा योजना ल्याउने दावी गरे ।
ग्यास सिलिन्डर र चुलो पाएपछि खुसी करियाही सदायले भनिन् ‘गौ बाबुसब एहन समयमे एहन बड्का सहयोग करैबालासबके दाता सबके धन्यवाद छै गौ’ । हेगौ अखैन तक एहन सहयोग कोइ नै कोइ नै केल्कौ गौ । आब अपनेसे अइ ग्यास चुल्हामे दाइल भात रिन्हके खेबौ गौ ।
स्कुल अफ स्कलर्स संचालक समितिका कार्यकारी अध्यक्षरनिर्देशक तथा आस्था नेपालका अध्यक्ष समेत रहेका सुदिपराज कुशवाहाका अनुसार तीन लाख बराबरको राहत सामग्री ठुलो ग्यास चुलो एक थान, भरेको ग्यास सिलिंडर १ थान पिडितहरूको माग र आवश्यकता बमोजिम वितरण भएको जिकिर गरे ।अध्यक्ष कुशवाहाले त्यहाँ खाना पकाउने इन्धन दाउरा नरहेको र त्रिपाल भित्र खाना पकाउन नसकिने अवस्था रहँदै आइरहेकोमा ग्यास चुलो र सिलिन्डर वितरण भएपछि अबदेखि त्यो समस्याको समाधान भएको छ ।
तीनवटा संयुक्त संस्थाहरूको सहयोगमा राहत वितरण भएपनि अफ्नो साथीभाइ हितैसीलाई आग्रह गरेर भएपनि सगरमाथा चौधरी आँखा अस्पताल लहानका अप्टिकल इन्चार्ज रामप्रकाश सिंहको भने ठुलो हात छ ।
परमानन्द यादव, राकेश झा खुश्बु जयसवाल संचारकर्मीद्वय मिथिलेश यादव धर्मेन्द्र पासवान ग्यास वितरणगरेका थिए । जिल्ला प्रशासन कार्यालय सप्तरी, प्रहरी, जनप्रतिनिधि लगायत विभिन्न संघ संस्थाको उपस्थितिम वितरण गरिएको थियो ।
सप्तरीको मुकाम राजविराजबाट झन्डै ७ किलोमिटर दूरीरहेको चिम्टी गाउँमा मंगलबार स्थानीय शत्रुधन यादवको गोठबाट सुरु भएको आगलागी केही बेरमै पूरै गाउँमा फैलियो । बाँस तथा माटोका ढाँचामाथि फुस, जस्ता र खपडाका छाना भएका घरहरूमा बेगले चलेको हावाले आगो फैलाएको थियो। प्रहरीका अनुसार यहाँका २ सय ८० घर टहरा, गोठ र भुसघर जलेर नष्ट भएका छन् ।