– जीवनाथ चौधरी
विमलेन्द्र नीधिको मधेसमा मात्र नभएर पहाडमा पनि डिमाण्ड भइरहेको छ । सबभन्दैले भन्दैछ तपाई सभापतिमा लड्नुस् । सर्वप्रथम त उहाँ काँग्रेसका सबभन्दा पुरोना नेता विपी कोइरालासँगै काम गर्नुभएको छ । २०३६ सालमा विपी कोइरालाको प्रयासले निधी जी नेविसंघको केन्द्रिय अध्यक्ष हुनुभएको थियो । निधी जी १२ वर्षकै हुँदा राजनीतिमा लाग्नुभयो । बुवा पनि देशको तथा काँग्रेसको राजनेता हुनुहुन्थ्यो, उहाँलाई नै देखेर निधी जी पनि पंचालकालको विरोध आन्दोलन गर्नुभयो । १६ वर्षकै हुँदा निधी जीलाई प्रहरीले समातेर जेलमा राख्यो ।
निधी जी पटक पटक जेल जीवन विताउनुभएको छ । कहिले ४ महिना त कहिले ६ महिना गरी ७ वर्ष जेलमा बस्नुभयो– प्रजातन्त्रका लागि । पार्टीमा उहाँको ठूलो लगानी छ । बुवाकै लागि नभएर आफ्नो मेहनत, इमान्दारी र लगनशीलताले पार्टीमा उहाँ उच्च स्थानसम्म पुग्नुभएको छ । वास्तवमा भन्नुहुन्छ भने उहाँले पहिल्यै पार्टीको सभापति बनिसक्नुपर्थ्यो । पार्टीमा पनि भेदभाव छ– जसका कारण उहाँ सभापति बन्न सक्नुभएको छैन ।
नीधि जीकै सहयोगले शेरबहादुर देउवा पार्टीको सभापति बन्नुभएको छ । दुबै जनाबीच एउटा सम्झौता भएको थियो– यो पटक तपाईलाई सहयोग गर्छु, अर्को पटक तपाईले सहयोग गर्नुपर्छ । अर्को कुरा नीधि जी भन्दा परिपक्क र सिनियर लिडर नेपाली काँग्रेसमा को हुनुहुन्छ अहिले ? उहाँ (निधी) भन्दा पहिले नेविसंघको सभापति देउवा हुनुहुन्थ्यो । शेखर कोइराला र सशांक कोइरालाको त पार्टीमा केहि लगानी (देन) छैन । पुरै नेपालमा भनौं वा पार्टीमा नीधि जीको जुन लगानी छ, त्यसलाई मुल्यांकन गरी उहाँले सभापतिमा लड्नुपर्छ । हामी पनि उहाँलाई भन्छौं– तपाईले लड्नैपर्छ ।
निधी जी जस्तो अरु होला भन्दैमा उहाँ सभापति बन्नु हुदैन भन्न मिल्दैन नी । उहाँभन्दा सिनियर हुनुहुन्छ– शेरबहादुर देउवा, गिरिजा प्रसाद कोइराला र भट्टराई हुनुहुन्थ्यो । उहाँहरु त सभापति बनिसक्नुभयो । अब त नीधि नै हुनुहुन्छ । नेपाली काँग्रेस यदि हिमाल, पहाड र तराइको पार्टी हो भने नीधि जीलाई सभापति बनाउनुपर्छ । तराई तथा मधेस मुलका नेतालाई सभापति बनाएपछि पार्टीलाई ठूलो फाइदा हुनेछ । उहाँलाई सभापति बनाएपछि सबै वर्गको पार्टी काँग्रेस हो भन्ने सन्देश पनि जान्छ ।
(धनुषाका काँग्रेस नेता चौधरीसँग टुडेखोजका लागि कुलदिप दासले गरेको संक्षिप्त कुराकानीमा आधारित)