जनकपुरधाम : कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएपछि महोत्तरीको गौशाला नगरपालिकामा लकडाउनको अवधी बढाइएको छ ।
लकडाउनलाई पुनः एक हप्ता बढाउने निर्णय भएको गौशालाका मेयर शिवनाथ महतोले जानकारी दिए । कोरोना संक्रमण तिब्र गतिमा बढ्न थालेपछि लकडाउनको अवधी बढाउने निर्णय गरेको उनको भनाई छ ।
नगरपालिकाले साउन २५ गते आइतबार राति ११ बजेदेखि साउन ३१ गते शनिबार राति ११ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय सुरुमा गरेको थियो । एक हप्ता बढाएपछि अब भदौ ५ गते शुक्रबार राति ११ बजेसम्म लकडाउन रहनेछ ।
लकडाउनको समयमा पनि अति आवश्यक औषधि पसल र स्वास्थ्य चौकी बाहेक हाटबजार, पसल, सवारीसाधन लगायत सम्पूर्ण कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।