जनकपुरधाम : भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आज एकै दिन दुवैले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् ।
दुवैले सामाजिक सञ्जाल सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो संन्यासको घोषणा गरेका हुन् । रैनाले इन्स्टाग्राममा धोनीको पद पछ्याएको उल्लेख गरेका छन् ।
धोनीले संन्यास घोषणा गरेको केही समयपछि रैनाले पनि संन्यास घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले इन्डियन प्रिमियर लिग (आईपीएल) रैनाले चेन्नई सुपर किङ्स खेल्ने छन् । उनी सीएसकेका उपकप्तान समेत हुन् ।
३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए । उनले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् ।